काठमाडौँ – संसदीय समितिले स्पञ्ज आइरन र बिलेट्सको भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ७ सदस्यीय उपसमिति गठन गरेको हो।उपसमितिको सदस्यहरुमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मीबहादुर कोइरी, सूर्यमान तामाङ रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले बताए।संसदीय समितिको बैठकले नेपालमा सूर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रुपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। नेपालमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रुपमा हुने आयातको विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो।
समितिको निर्णय सुनाउँदै समिति सभापति अब्दुल खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय विवरण विभागलाई सूर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रुपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन दिए।