काठमाडौँ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये काठमाडौँको गोंगबु शाखालाई स्थानान्तरण गरेको छ । जसअनुसार बैंकले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित हात्तीगौंडाबाट विभिन्न बैंकिङ्क सेवा विस्तार गरेको छ ।

फागुण २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंककका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरुको उपिस्थतिमा गरे । यसै गरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपरमा स्थानान्तरण गरी सेवा सुचारु गरिएको बैंकले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here