काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि आज संसद सचिवालयलाई पत्र पठाइएको छ ।

प्रधानमन्त्री दाहालले संघीय संसद्का महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलमध्ये एमालेले आफ्नो समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनका लागि असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीको पत्रमा भनिएको छ,‘मेरो नेतृत्वमा वि.सं २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय २०८१ साल असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ ।’

असार १७ गते राति एमाले र कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here