काठमाडाैं । बेलायतकी पूर्वप्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले चुनाव हारेकी छन् ।

बिहीबार भएकाे चुनावमा उनी साउथ वेस्ट नोर्फोक सिटमा चुनावी मैदानमा उत्रिएकी थिइन् । उनी लेबर पार्टीका टेरी जेरेमीसँग ६सय ३० मतले पराजित भएकी हुन् ।

जेरेमीले ११ हजार ८४७ मत प्राप्त गरेका थिए भने ट्रसले ११ हजार २ सय १७ मत पाइन् ।

उनले भनिन्,‘धेरै नीतिमा हामीले जनताले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न सकेनौँ । हाम्रो पार्टी करको दर घटाउन र आप्रवासन घटाउन असफल भयाे ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here