काठमाडाैं । युरो कप २०२४ को पहिलो सेमिफाइनलमा फ्रान्सले स्पेनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार मंगलबार राति पौने १ बजे म्युनिखस्थित म्युनिख फुटबल एरेनामा हुनेछ ।

स्पेनले क्वाटरफाइनलमा जर्मनीलाई २-१ ले पराजित गरेको थियो । फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

दुई पूर्वविजेताबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएकाे छ ।

सन् १९६४, २००८ र २०१२ मा स्पेन तथा सन् १९८४ र २००० मा फ्रान्स युरो च्याम्पियन बनेका थिए । युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्पेन पुगेको यो छैटौँ पटक हो । जसमध्ये स्पेन अन्तिम चारमा मात्र एक पटक पराजित भएकाे छ । युरो कप-२०२० को सेमिफाइनलमा स्पेनले तत्कालीन च्याम्पियन इटालीसँग टाइब्रेकरमा पराजित भएको थियो ।

फ्रान्सले छैटौँ पटक सेमिफाइनल खेल्दै छ । फ्रान्से तीन पटक फाइनलमा पुगेको छ । सन् २०१६ को युरो फाइनलमा पोर्चुगलसँग १-० ले हारेको फ्रान्सले सन् २०२२ को विश्वकपमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएको थियो । सन् २०१८ मा भएको विश्वकप भने फ्रान्सले फाइनलमा क्रोएसियालाई हराउँदै जितेको थियो ।

फ्रान्स र स्पेनबीच अहिलेसम्म ३६ पटक भिडन्त भएको छ । स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् । पछिल्ला ८ खेलमा फ्रान्सले पाँच जित हात पारेको छ ।

स्पेन र फ्रान्सबीचको विजेताले दोस्रो सेमिफाइनल खेल्ने इङ्ग्ल्याण्ड र नेदरल्याण्ड्सको विजेतासँग उपाधिका लागि भिड्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here