काठमाडाैं । नेपाल टेलिकमको सिम कार्डमा आज रिचार्ज नहुने भएको छ ।

विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले मंगलबार राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज नहुने भएको हो ।

नेपाल टेलिकमले आज राति रिचार्ज र डाटा प्याकेज खरिदका सेवा प्रभावित हुने भन्दै राति ११ बजेअघि रिचार्ज गर्न सकिने जनाएको छ ।

तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here