काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेसम्म बन्न नसकेका अपाङ्गतामैत्री नीति, नियम र कानून बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।आइतबार ३२ औँ अपाङ्गता दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन्। उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले प्रोत्साहन गर्ने गरी नीति नियमहरु बनाउने तयारीमा रहेको बताए।

उनले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा समेत अपाङ्गतामैत्री कार्यक्रम ल्याएर अपाङ्गता भएकाहरुको एजेण्डाहरुलाई सम्बोधन गर्ने कुरामा प्रतिबद्ध रहेको उल्लेख गरे।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि कसरी अपाङ्तामैत्री सार्वजनिक बस, सडक र पुलहरु बनाउने भन्ने विषयमा सबैसँग छलफल गरी अगाडि बढाउने तयारी गरिरहेको दाबी गरे।मन्त्री ज्वालाले मुलुकको समग्र भौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने विषयमा सरकार गम्भीर भएर लागिरहेको बताए। उनले सरकारले बनाउने १६ औँ योजनामा पनि अपाङ्गता भएकाहरुको माग सम्बोधन गरिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here