काठमाडौँ ।खार्पुनाथ गाउँपालिका–५ का वडाध्यक्ष भरतजंग शाहीको पहलमा काठमाडौंको रोटरी क्लबले अपांगता भएको ब्यक्तिलाई सहयोग गरेको छ। ३२आँै अन्तर्राष्ट्रिय अपांगता दिवसमा रोटरीको सहयोग अपांगता भएका व्यक्तिलाई प्रदान गरिएको हो।वडाध्यक्ष शाहीले काठमाडाँै गएको समयमा रोटरी क्लबसँग समन्वय गर्दा लत्ताकपडा दिन राजी भएका कारण अपांगता दिवसको अवसरमा गाउँपालिकाका पाँच वटै वडाका साठी जना अपांगता भएका ब्यक्तिका लागि आएको सहयोग प्रदान गरिएको बताए।

जसमा ६० जना अपांगता भएका ब्यक्तिलाई एक/एक थान ज्याकेट, जुत्ता, मोजा र पाल प्रदान गरिएको हो। उक्त सहयोग खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले एक कार्यक्रममा प्रदान गरेका हुन्। रोटरीबाट प्राप्त सहयोग सामग्रीका लागि काठमाडौंबाट सिमकोट हुँदै गाउँपालिका केन्द्रसम्मको ढुवानीका लागि भने उक्त वडाले भाडा ब्यहोरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here