काठमाडौँ – आर्थिक वर्ष २०८०र८१ मा १५ खर्ब ३० अर्ब रुपैयाँ मात्र बजेट खर्च हुने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ८७ प्रतिशत मात्र खर्च हुने अनुमान गरेका हुन्। उनले चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको भन्दै १५ खर्ब ३० अर्ब खर्च हुने अनुमान गरे।

उनले चालु आवमा चालुतर्फ १० खर्ब ६७ अर्ब, पुँजीगततर्फ २ खर्ब १५ अर्ब र वित्तीय व्यवस्थातर्फ पुँजीगतभन्दा बढी अर्थात २ खर्ब ४७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको बताए।

चालुतर्फ १० खर्ब ७ अर्ब, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब र वित्तीय व्यवस्थातर्फ २ खर्ब ६८ अर्ब रूपैयाँ खर्च हुने लक्ष्य राखेको थियो। चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजश्व संकलन हुने संशोधित अनुमान गरिएको बताए।

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर आर्थिक शिथिलताका कारण यो वर्ष लक्ष्यानुसार राजश्व संकलन हुन नसकेको अर्थमन्त्री पुनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here