काठमाडौँ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज, सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय तोकिएको छ ।
आइतबार प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १९१५ रुपैयाँ पुगेको छ ।