काठमाडाैं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव संकलन गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन थालेका छन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने छ ।
आज दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो ।
हेलिकोप्टर दुर्घटना भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी रहेको छ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको भलिबल हेर्न जाने कार्यक्रम स्थगित गरेर मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेका हुन् ।