काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो ।
नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
दुर्घटनामा चार चिनिया नागरिकसहित पाँच जनाको मृत्यु भएको छ ।
बैठकले हेलिकप्टर दुर्घटनाबारे छानबिन समिति गठन गर्ने अपेक्षा गरिएको छ ।