काठमाडौँ । सोमबारको हिमपातपछि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी आउजाउ बन्द भएको छ। लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेका कारण लिमी आउजाउ बन्द भएको हो।लिमीका स्थानीय निमा तामाङले सोमबार परेको बाक्लो हिमपातको कारण लिमी आउजाउ बन्द भएको बताए।उनले लिमी जाने दुई वटा नाका चार हजार ६ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकमा बाक्लो हिमपात भएका कारण सडक अवरुद्ध भएको कारण लिमी आउजाउ गर्ने कार्य बन्द भएको बताए।

अब लिमीका स्थानीयसँग सम्पर्क गर्ने माध्यम भनेकै फोन सम्पर्क भएको छ। लिमीका वडाध्यक्ष पाल्जोर तामाङले नारा र न्यालुमा तीन फिट हिउँ जमेकाले लिमी आउजाउ बन्द भएको बताए।

बाक्लो हिउँ परेका कारण नारा र न्यालुको सडक अवरुद्ध भएको कारण लिमी जान र स्थानीय लिमी बाहिर आउने अवस्था नरहेको होे। लिमीका तीन गाउँ तिल, हल्जी र जाङ्गका स्थानीयलाई अब हिमपातको कारण प्राकृतिक बन्दाबन्दीमा परेका छन्।लिमीका स्थानीयले बर्सेनि भौग्दै आएको समस्याका रुपमा रहेको छ। अब लिमीका स्थानीय एक गाउँबाट अर्को गाउँ मात्र जान पाउनेछन्। सडकमा जमेको हिउ पन्छाउने कार्य नभए वैशाख–जेठसम्म लिमी आउजाउ बन्द हुनेछ।त्यसमाथि हिउँद भर्खर सुरु भएकाले हिउँ पर्ने समय अझै बाँकी छ। यसअघि नै कात्तिक अन्तिम साता लिमीको सुनखानीमा रहेको सीमा प्रहरी चौकी सदरमुकाम सरिसकेको छ। अब लिमी जान र कोही बिरामी परेमा हेलिकोप्टर रिजर्भ गर्नुको विकल्प छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here