काठमाडौँ । साउन २५ गतेदेखि छायाङ्कनका लागि फ्लोरमा निस्कने तयारीमा रहेको फिल्म ‘के घर के डेरा: घर नम्बर २’मा अभिनेत्रीको रूपमा केकी अधिकारी र उपासना सिंह ठकुरी भित्रिएका छन् । निर्माण युनिटले बुधबार कलाकारको रूपमा यी दुई अभिनेत्री भित्र्याउँदै फिल्मको लाइनअप पूरा गरेको हो ।
यसअघि फिल्मको मुख्य भूमिकामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल छानिएका थिए । उपासनाले फिल्म ‘खुस्मा’को छायाङ्कन सकेपछि यो फिल्ममा काम गर्न लागेकी हुन् । दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्मको कथा वुद्दिसागरले लेखेका हुन् । फिल्मको छायाङ्कन काठमाडौँका विभिन्न स्थानमा हुनेछ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन, राजीव श्रेष्ठको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मलाई सामाजिक कथावस्तुमा निर्माण गरिने निर्माण पक्षको भनाई छ । फिल्म काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्न तय भएको छ । फिल्म यसैबर्ष नै रिलिज गर्ने तयारी गरिएको छ ।