काठमाडाैं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक संसदीय समितिबाट पारित गर्ने तयारी गरिएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्न प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
शीर्ष तहबाटै टुंगिसकेकाले विधेयक समितिबाट आजै पारित हुने सम्भावना रहेको समिति सदस्य महेश बर्तौलाले बताए । समितिबाट प्रतिवेदनसहित पारित हुने विधेयकलाई आगामी साउन २९ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी छ ।
२०७९ फागुन २५ गते प्रतिनिधिसभामा दर्ता भएर १५ महिनादेखि समितिमा अलपत्र विधेयकमा प्रमुख तीन दलको कार्यदलले सहमति जुटाएर शीर्ष नेतालाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।
मुख्य विवादित विषयमा सहमति भएसँगै संसदको चालू अधिवेशनबाटै यो विधेयक पारित गर्ने तयारी गरिएको छ।