काठमाडाैं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालय जनाएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद्सँग प्रश्नोत्तर कार्यक्रम रहेको छ ।
त्यस्तै बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धि विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।