काठमाडाैं । कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

गएराति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर- १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दियाे ।

दुईजनालाई घाइते अवस्थामा उद्धार गरेको प्रहरीले बताएकोे छ । मृतक र घाइतेको परिचय खुल्न भने बाँकी छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here