काठमाडौँ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ताको सहभागिता रहेको छ  । लगानी बोर्डको कार्यालयका अनुसार दुई दिनसम्म चल्ने लगानी सम्मेलनमा चीनबाट ३५० लगानीकर्ताको सहभागिता रहेको हो । यो लगानी सम्मेलनमा विश्वभरका ५५ भन्दा बढी देशबाट १६ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता छ ।

जसमध्ये चीनबाट मात्रै ३५० भन्दा धेरै लगानीकर्ताको सहभागिता रहेको हो । सम्मेलनमा सहभागिता चिनियाँ लगानीकर्ताले पनि नेपालको लगानी सम्मेलनमा चीनबाट अत्यधिक सहभागिता रहेको जानकारी दिएका छन् । यो सम्मेलनमा चीनपछि भारतबाट सबैभन्दा धेरै लगानीकर्ताको सहभागिता छ । भारतबाट १५० भन्दा बढी लगानीकर्ताको सहभागिता छ । यसपछि अमेरिकाबाट करिब ५० जना लगानीकर्ता यो सम्मेलनमा सहभागी छन् ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै सित्काका अध्यक्ष लो झाओ क्वींगले नेपालको लगानी सम्मेलनमा चीनबाट ३५० भन्दा बढी लगानीकर्ताको सहभागिताले आफूलाई उत्साहित बनाएको बताए । यसबाट नेपाललाई चिनियाँले प्राथमिकतामा राखेको पुष्टि हुने उनले बताए । यो लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ता समक्ष १४८ वटा परियोजना प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here