काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार भने ४०० रुपैयाँ बढेर १ लाख ३७ हजार ६०० रुपैयाँ पुगेको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबाबर घटेर १ हजार ६६० रुपैयाँमा कारोबार भएको हो ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here