काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई दुई रनको व्यक्तिगत स्कोरमा गुमाएको हो । 

उनलाई वेस्ट इन्डिजका बलर आबेड म्याकोयले जोन्सन चार्लिसद्वारा क्याच गराएका हुन् । ३.४ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले २० रन बनाएको छ । त्यसअघि नेपालका ओपनर ब्याट्सम्यान लोकश बम ‘रिटायर्ड हर्ट’ हुँदै मैदानबाट बाहिरिएका थिए । ‘रिटायर्ड हर्ट’ हुनुअघि लोकेशले १२ बलमा दुई छक्का र एक चौकाको मद्दतले १७ रन बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here