काठमाडाैं । उपसभामुख इन्दिरा राना र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पुगेकी उपसभामुख र विदेशमन्त्रीबीच बिहीबार भेटवार्ता भएकाे हाे ।

भेटका क्रममा उपसभामुख रानाले नेपाल सधैँ ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको बताइन् । उनले नेपाल चीनको घनिष्ठ मित्र, विकास साझेदार र असल छिमेकी रहेकाे बताइन् । उनले भनिन् ‘नेपाली भूमिको दुरुपयोग गरी चीनविरुद्धको कुनै गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ छौँ ।’

उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न गम्भीरताका साथ काम गरिरहेको भन्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्ने प्रक्रिया संसदबाट छिट्टै पूरा हुनेमा आशावादी रहेको बताइन् । नेपालको ध्यान ध्यान समृद्धिको लागि दिगो, समावेशी र उच्च आर्थिक वृद्धि ल्याउनेतर्फ केन्द्रित रहेको भनाई उनको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here