काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार सम्पन्न पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
यस्तै पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । महाधिवेशनले आज बिहानसम्म अरु पदाधिकारी र सदस्य सर्वसम्मत चयन गर्नेछ ।
उनलाई नेता घनश्याम भुसालले चुनौती दिएका थिए । बुधबार बन्दसत्रमा पेश भएको चारवटै दस्ताबेज अनुमोदन भएको थियो । गएराति अध्यक्षलगायत अन्य पदाधिकारीमा सर्वसम्मत चयन गर्ने प्रयास गरेका थिए ।
नेतृत्व छनोटका लागि बिहानैदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । अध्यक्षमा भुसालले दाबी नछोडेपछि निर्वाचनका सबै प्रक्रिया रोकेर शीर्ष नेता छलफलमा जुटेका थिए । अन्ततः भुसालले महासचिवमा चित्ता बुझाएपछि अध्यक्षमा नेपाल सर्वसम्म चयन भएका हुन् ।
महाधिवेशनबाट २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।
२०७८ साल भदौ २ गते नेकपा एमालेबाट विद्रोह गरी उनकै नेतृत्वमा पार्टी स्थापना गरेका थिए ।