काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीले राजीनामा दिने भएका छन् ।

माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीले साेमबार बिहान पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका हुन् ।

यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेल हेटौँडा आएलगत्तै राजीनामा दिने बताएका एमाले मन्त्रीले मुख्यमन्त्रीसँगको छलफलपछि राजीनामा दिने भएका हुन् ।

एमाले बामगती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहान १० बजे राजीनामा बुझाउने बताए । प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता थपलिया मुख्यमन्त्री काठमाडौंबाट आउनेबित्तिकै भेट्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए ।

प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here