काठमार्डौ । नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू भएको छ।
नेपाल, भारत र बंगलादेश गरी तीनै देशका ऊर्जामन्त्रीले संयुक्तरूपमा विद्युत् निर्यातको भर्चुअल उद्घाटन गरेका हुन्।
परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमका बीच निर्यातको उद्घाटन भएको हो।
नेपाल विद्युत् प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बंगलादेश निर्यात गरेको छ।
नेपालबाट निर्यात गरिएको बिजुली मुजफ्फरपुरदेखि भारतको प्रसारणलाइनमार्फत बेहरामपुर–भेडामारा ४०० केभी प्रसारणलाइनबाट बंगलादेश पुग्नेछ।
विद्युत् प्राधिकरणका अनुसार ५ वर्षको लागि निर्यात सम्झौता भएको छ।
नेपालले बंगलादेशलाई ६.४ अमेरिकी सेन्टमा प्रतियुनिट बिक्री गर्ने हस्ताक्षर भएको छ। नेपालको विद्युत् बंगलादेश पुर्याउन भारतीय कम्पनी एनभीभीएनको व्यापारिक भूमिका रहेको छ।