काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणअघि नै भारत जाने भएका छन्।
प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको र मिति केही दिनमै मिति सार्वजनिक हुने भारतीय उच्च कूटनीतिक स्रोतले पुष्टि गरेको छ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि केही समय अगाडिदेखि नै भइरहेको थियो। ओलीले भारतसँगको सम्बन्ध सुधार गर्न विभिन्न माध्यममार्फत प्रयास गरिरहेका थिए।
प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले पनि भारत भ्रमण निश्चित भएको पुष्टि गरेको छ ।
स्रोतअनुसार, प्रधानमन्त्री ओली आउँदो डिसेम्बर पहिलो साता भारत जानेछन्। करिब १५ दिनको तयारी समय राखेर दुवै पक्षले मिति सार्वजनिक गर्नेछन्।
गते द्विपक्षीय भेटवार्ता भएको थियो।