काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित भएका छन् । 

उनी विराटनगरमा भएकाले उक्त बैठकमा अनुपस्थित भएका हुन् । छोटो समयमा प्रधानमन्त्री समिति बैठकमा उपस्थित हुने कार्यक्रम बनेकाले आफू चाहेर पनि बैठकमा उपस्थित हुन नसकेको अध्यक्ष दाहालले सभापति रामहरि खतिवडालाई फोन गरेर जानकारी गराएका छन् । 

आफूलाई अध्यक्ष दाहालले फोन गरेर ओली सहभागी समिति बैठकमा आफू सहभागी हुने इच्छा भएपनि विराटनगरमा भएकाले आउन नसक्ने जानकारी गराएको बैठकलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here