काठमाडौं । संविधान दिवसका अवसरमा देशका विभिन्न जेलमा रहेका ६०१ कैदीलाई कैद मिनाहाको प्रस्ताव अगाडि बढाउने तयारी गरिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज कारागार व्यवस्थापन विभाग महानिर्देशक जयनारायण आचार्यले असल चालचलनका आधारमा ६०१ कैदीलाई कैद माफीको प्रस्ताव अघि बढाउन लागिएको बताए।
देशका ७२ जिल्लाका ७५ कारागारमा हाल २८ हजार ६१३ कैदीबन्दी रहेका छन् ।


























