काठमाडौं । निर्वाचन आयोगका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानमाथि संसदीय सुनुवाइ हुँदैछ । प्रस्तावित निर्वाचन आयुक्त प्रधानमाथि आज दिउँसो १ बजे संसदीय सुनुवाइ समितिमा सुनुवाइ गर्न लागिएको हो ।
यसअघि रोकिएको प्रधानको सुनुवाइको कार्यक्रम आजका लागि राखिएको समिति सचिव निर्मला बस्ती लामिछानेले बताइन् । गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकबाट प्रधान निर्वाचन आयुक्तमा सिफारिस भएका थिए ।
असार २० र २१ गतेका लागि संसदीय सुनुवाइ राखिए पनि रोकिएको थियो ।