काठमाडाैं । सहकारीकाे बचत रकम हिनामिना प्रकरणमा गठित संसदीय छानबिन विशेष समितिले भोलि २०७४ साल पछिका सहकारी विभागका सबै रजिष्ट्रारसँग छलफल गर्ने भएको छ ।
आज बसेको बैठकले मंगलबारको बैठकमा सहकारी क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थासँग छलफल गर्ने क्रममा सहकारी विभागका २०७४ देखि यताका रजिष्ट्रारसँग छलफल गर्ने निर्णय गरेको समितिका सभापति सूर्यबहादुर थापाले बताए ।
सोमबार समितिले बैंकर एसोसिएसनका अध्यक्ष, सहकारी सुझाव समितिका संयोजक डा.जयकान्त राउतसँग छलफल तथा सुझाव लिएको थियो ।