काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न पार्टी केन्द्रीय कार्यलयमा मंगलबार बिहान ८ बजे बैठक बालाइएको हो ।
बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदन माथि छलफल हुने कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।