काठमाडौँ । महाशिवरात्रीमा पशुपति दर्शन गर्न भएकाहरुको मोबाइल चोरीमा संलग्न आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ घर भएका ३१ वर्षीय बिजय मगर र गोरखाको बारपाक गाउँपालिका–४ घर भएका ३४ वर्षीय अभिषेक गुरुङ छन् ।
उनीहरुलाई बालाजुस्थित बसन्तनगर गुम्बा नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । आरोपीहरुको साथबाट प्रहरीले १० थान मोबाइल बरामद गरेको छ । आरोपीहरु बिरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको एसपी बोहराले जानकारी दिए ।