काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बुधबार सामाजिक संञ्जाल फेसबुकमा लेख्दै उनले उक्त दुर्घटनाप्रति धैर्य रहन अनुरोध गर्दै दुःख व्यक्त गरेका हुन् ।


उनले लेखेका छन्,’नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ । नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’


सौर्य एयरको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री ओली दुर्घटना स्थल पुगेका थिए ।


मर्मतका लागि पोखरातर्फ जाँदै गरेको विमान बुधबार बिहान ११ः११ मा त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो ।

विमानमा चालकदलका २ सदस्यसहित १९ जना सवार थिए । क्याप्टेन एमआर शाक्यको जीवितै उद्धार गरिए छ । १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here