काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीमा एकल नस्लवादी सोच रहेको आरोप लगाएका छन् ।

दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय समितिको बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले ओलीको यस्तो प्रवृत्तिविरुद्ध आन्दोलन हुने समेत बताए ।

प्रधानमन्त्री ओलीको एकल नस्लवादी सोच भएकै कारण पहिचानवादीले आफ्नो अधिकारी नपाएको उनले दाबी गरे । यसको विरुद्धमा आन्दोलन हुने र त्यसका लागि संयुक्त पहल आवश्यक भएको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here