काठमाडाैं । वरिष्ठ अधिवक्ता रमेश वडालले महान्यायाधिवक्ताको पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वडाललाई शपथ गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित उपराष्ट्रपति रामसहाय प्रसाद याद, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल सहभागि थिए ।
राष्ट्रपति पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए । वडाल यसअघि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका थिए ।