काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन् ।


आज काठमाडौंमा आयोजित ६२औँ इन्जिनियर दिवसको उद्घाटन समारोमा प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि देशको सन्तोष जनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताए ।

उनले भने, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ,देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन । हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ ।’

सरकारले देशमा भएका अप्ठरालाई सहजिलोमा परिणत गर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here