काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् ।

आज बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि उनले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा सुझाव दिएको थियो ।

असार २४ गते सता साझेदार दल एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए । २०७९ पुस २५ मा एमाले, राप्रपा, माओवादी र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्व गरेका जम्कट्टेलले १८ महिनामा सरकारबाट बाहिरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here