काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको जिम्मेवारी खोसेको छ । बुधबार बसेको सचिवालय बैठकले पार्टी भवन निर्माणका सवालमा पाण्डे र तिम्सिनाले दिएको अभिव्यक्तिलाई लिएर एमालेले उनीहरूको जिम्मेवारी ६ महिनाका लागि खोसेको हो ।
उनीहरूलाई यसअघि एमालेले स्पष्टीकरण सोधेको थियो ।