काठमाडाैं । सर्लाहीमा धारिलो हतियार प्रयोग गरी पूर्वभूमिव्यवस्था राज्मन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित गएराति आफ्नै निवासमा पूर्वराज्यमन्त्री रायको हत्या भएको हो ।

अज्ञात समूहले टाउकोको बायाँ साइटमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको सर्लाहीका प्रहरीले जनाएको छ ।

८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । घटनाबारे थप अनुसन्धान जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here