काठमाडाैं । महिला एसिया कप टी- २० प्रतियोगिताको फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै श्रीलंकाले उपाधि जितेको छ । श्रीलंकाको डम्बुला मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रनको बनाएकाे थियो । १६७ रनको पछ्याएको श्रीलंकाले २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
श्रीलंकाको जितका लागि कप्तान चामरी अथापट्थुले ४३ बलमा ६१ रन र हर्षिताले मराविक्रमाले ५१ बलमा ६९ रनको बनाइन् । भिस्मी गुणरत्ने १ रनमै रनआउट भइन् ।
कभिसा दिलहरीले १६ बलमा ३० रन बनाइन् ।
भारतका लागि ऋचा घोषले ३० रन बनाइन् । जेमिमाह रोड्रिग्जले २९ र शेफाली वर्माले १६ रन बनाइन्। त्यस्तै, हरमनप्रीत कौरले ११ रन‚ उमा क्षेत्रीले ९ रन‚ पूजा वस्त्रकारले अविजित ५ रन र राधा यादवले अविजित १ रन बनाए ।
श्रीलंकाका लागि कविशा दिलहारीले २ विकेट लिइन् । सचिनी निशांशला र उदेशिका प्रवोधनी र चमारी अटापट्टुले १-१ विकेट लिए।