काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रदेश सरकारमा सुशासन, नीति निमार्णको कोणबाट काम गर्ने प्रतिबद्धता कांग्रेसको नेतृत्वबाट हुनुपर्ने बताएका छन् ।


शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रादेशिक संरचनामाथि प्रश्न उठेको अवस्थामा प्रदेश सरकारले इमान्दार र प्रतिबद्ध भएर काम गर्नुपर्ने बताए ।


उनले भने, ‘यो प्रादेशिक संरचनाले हाम्रो देशलाई अगाडि बढाउन मद्धत गरेको छ कि छैन् भन्ने खालको प्रश्न आम नागरिक र पार्टीभित्रै पनि उठ्ने गरेको छ । यसअर्थमा प्रदेश संरचना हेर्नेकाे जिम्मेवारी अलि बढि छ । यो सार्थक रुपमा जुन प्रदेश सरकारले सुशासन, नीति निमार्णको कोणबाट काम गर्ने प्रतिबद्धता कांग्रेसकोको नेतृत्वमा रहेकाले गर्नुपर्छ ।’

उनले पार्टीभन्दा पहिला देश र जनता आउने भन्दै प्रदेशमा प्राप्त भएका बजेटलाई अनावश्यक खर्च नगर्न पनि आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here