काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलटकाे जिवित उद्धार गरिएको छ ।
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको प्रहरीले जनाएकाे छ ।
आज बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो। जहाजबाट धुवाँ आएको देखिएपछि अग्निनियन्त्रक, प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।
जहाजमा १९ जना यात्रु रहेका थिए ।
सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारी लैजान लागिएको थियो । अधिकांश इन्जिनियर र प्राविधिक थिए । जहाजमा सर्वसाधारण यात्रु थिएनन् ।
जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुगेका छन् ।