काठमाडौं । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा सोमबार राति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
८ वर्षीय हितमाया पुन, ५ वर्षीया धनिसा पुन, ४ वर्षीया मनिसा सार्कीको मृत्यु भएको हो । ४० वर्षीया डिल्लीबहादुर बुढाथोकीबेपत्ता भएको प्रहरीले जनाएको छ ।
बाढीले ६ घर बगाएको छ भने बेपत्ताको खोजी भइरहेको छ । बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका थिए । उनीहरु विभिन्न अस्पातमा उपचार भइरहेको छ ।
बिहानैदेखि उद्धारमा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिसकेको प्रहरीले जनाएकाे छ ।