उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट– बेल्टार खण्डको सडकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
गाईघाटबाट बेल्टार जाँदै गरेको मोटरसाइकललाई बेल्टारबाट गाईघाट आउँदै गरेको टिपरले त्रियुगा नगरपालिका– १ फुलजोरमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो ।
प्रदेश १–०२–००१ ख ८५१४ नं को गिट्टी बोकेको टिपरले प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–३ झुम्काका ३० वर्षीय रविन श्रेष्ठ र मोटरसाइकलको पछाडि सवार त्रियुगा नगरपालिका– ३ चाँपका २४ वर्षीय हीरा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार, दुर्घटनामा संलग्न मोटरसाइकल, टिपर र चालकलाई नियन्त्रणमालिई थप अनुसन्धान थालिएको छ ।