काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बुराम भट्टराईले भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म नेपालको विकास असम्भव रहेकाे बताएका छन् ।

शनिबार डा.मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म नेपालको विकास हुन नसक्ने भन्दै यसलाई तथ्यको आधारमा नयाँ पुस्ताले अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘म कसैलाई गाली गर्ने पक्षमा छैन् । तर भारतको अर्थतन्त्र ठूलो छ, हाम्रो सानो छ । खुला सिमानाले गर्दा प्रतिस्पर्धा गर्नै सकिदैन्, त्यसले गर्दा भारतसँगको जुन असमान सम्बन्ध बन्यो, त्यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन ।’

वैकल्पिक अवधारणा, सोच, नीति र कार्यक्रम लिएर जानु मात्र वैकल्पिक शक्ति भएको भन्दै पार्टी गठन गर्दैमा वैकल्पिक नहुने बताएका हुन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here