काठमाडाैं । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुईवटा बसको खोजीमा वाटर ड्रोन प्रयोग गरिएको छ । शुक्रबार साँझ स्थगित गरिएको खोजी कार्य आज बिहानबाट सशस्त्र प्रहरी बालका गोताखोरले वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर खोज्न थालेका हुन् ।
पाइपलाइन इन्फेक्सन मार्फत सोनार क्यामेराको प्रयोग गरेर खोजी कार्य थालिएको प्रहरीले जनाएको छ । गृह मन्त्रालयका अनुसार बस खोज्न सशस्त्र प्रहरी बलका ९ जना गोताखोर र नेपाली सेनाका २८ जना गोताखोर परिचालन गरिएको छ ।
शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नदीमा खसेका थिए ।