काठमाडाैं । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताले छलफल थालेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत नपाएर प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार ढलेपछि कांग्रेस र एमालेबीच नयाँ सरकार गठनका लागि छलफल जारी छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि असार १७ मा कांग्रेस र एमालेबीच सहमति भएको थियो । सोही अनुसार सरकार गठनका लागि कांग्रेस र एमालेका नेता गृहकार्यमा जुटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here