काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले अब माओवादीले सशक्त प्रतिपक्षका रुपमा भूमिका खेल्ने बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठक पश्चात उनले सरकारमा जाने दलले पारदर्शी तरिकाले काम गर्न सक्ने गुन्जाएस नभएको भन्दै जनताका मुद्धालाई संसदमा लैजान सशक्त प्रतिपक्षका रुपमा भूमिका खेल्ने बताए ।
उनले राजनीति राजनेताले होईन् कर्पोरेट हाउसका बिचौलियाले सञ्चालन गरेको भन्दै आगामी दिनमा यी कुरा संसदमा आवाजका रुपमा उठाउने बताए ।
उनले भने, ‘राजनीति, राजनीति दलका कार्य र नेताबाट परिचालित होईन्, बिचौलिया, कर्पोरेट हाउसबाट राजनीति बढि परिचालित भयो यसले राम्रो संकेत गरेको छैन् । राजनीति राजनेताले होईन्, कर्पोरेट हाउसका बिचौलियाले सञ्चालन गर्ने भयो । आगामी दिनमा यी कुरा संसदमा आवाजका रुपमा उठाउछौ ।’
प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचनमा लाने कुरा कानूनी, राजनीतिक र जनमत विपरित रहेकाले स्विकार्य नहुँने उनको भनाई छ ।