काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको लागि संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै कांग्रेसको समर्थनसहित ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बसेको प्रतिनिधिसभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दललाई आह्वान गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गर्न नसकेर प्रधानमन्त्रीबाट पदमुक्त भएपछि कांग्रेस र एमालेका सांसद्ले संसद भवनमै नयाँ सरकारको लागि दाबी पेश गर्नेगरि हस्ताक्षर संकलन गरेका थिए ।
सभामुख देवराज घिमिरेबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको पत्राचार भएलगत्तै नयाँ सरकार गठनको लागि शितलनिवासबाट आह्वान भएको हो ।