काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबार हुने भएको छ ।

उनले १६६ सांसद्को समर्थनसहित शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेश गरे पनि नियुक्ति आइतबार हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

कांग्रेस र एमाले गरी १६६ सांसद्को समर्थनबारे फाइल प्राप्त गरेसँगै राष्ट्रपतिले आवश्यक अध्ययन गरेर नियुक्ति गर्ने सचिवालयको भनाई छ । दाबी पेश भएपछि अब नियुक्तिको विषय राष्ट्रपतिको भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here