काठमाडाैं । ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित भएको छ ।

‘बेस्ट बैंक नेपाल’ र ‘बेस्ट बैंक ईएसजी नेपाल’ वातावरण, सामाजीक र सुशासन विधामा सम्मानित भएको हो ।

यो वर्षको अवार्डसँगै बैंक दोस्रो पटक ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित भएको जनाएको छ ।

विभिन्न अवार्डले बैंकलाई भविष्यमा अझ उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न उत्प्रेरित गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्ति छन् ।

यसै वर्ष ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सले उत्कृष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here